Kathmandu Press

साउदी अरेबिया नेतृत्वको सेनाले यमनमा हुथी विद्रोहीविरुद्ध आक्रमण

साउदी अरेबिया नेतृत्वको सेनाले यमनमा हुथी विद्रोहीविरुद्ध आक्रमण

अडेन, माघ २ : यमनमा रहेको साउदी अरेबियाको नेतृत्वको सेनाले यहाँका विभिन्न शहरमा शनिबार पनि आक्रमण गरेको छ । हुथी विद्रोहीको विरुद्धमा कारबाहीका क्रममा सो सेनाले यमनको राजधानी शहर लगायतका विभिन्न शहरमा यस्तो हमला गरेको हो । 

उक्त सेनाले युद्धक विमानबाट शनिबार मारिब र साबा शहरमा हवाई हमला गरेको हो । त्यस क्रममा हुथी विद्रोहीहरुका कतिपय आश्रयस्थलहरु भत्किएका बताइएको छ ।

Hardik ivf

यमनमा एकजना सैनिक अधिकारीले विभिन्न शहरमा यमनका सेना समेत सम्मिलित गठबन्धन सेनाले हवाई कारबाही गरेको र त्यसमा परेर केही हुथी विद्रोही पनि हताहत भएका बताएका छन् । ती अधिकारीका अनुसार शनिबार दिनभर यस्तो हवाई कारबाही जारी रहेको छ । मारिब यमनको तेलको धनी शहर हो ।

यहाँका कतिपय स्थानमा हुथीहरुले आश्रय स्थलहरु नै बनाएका बसेका छन् । त्यसैले यमनको सेनाले समय समयमा यस्तो हवाई काबारही गर्ने गरेको छ। 

प्रकाशित मिति: १४:२७ बजे, आइतबार, माघ २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्