Kathmandu Press

जापानमा सुनामी आउन सक्ने खतराको सूचना

टोकियो, माघ २ : जापानको मौसम विज्ञान एजेन्सीले यहाँ सुनामी आउन सक्ने चेतावनीयुत्तः सन्देश जारी गरेको छ । जापानमा शनिबार मध्यराति तिर यो सूचना...
जापानमा सुनामी आउन सक्ने खतराको सूचना

टोकियो, माघ २ : जापानको मौसम विज्ञान एजेन्सीले यहाँ सुनामी आउन सक्ने चेतावनीयुत्तः सन्देश जारी गरेको छ । जापानमा शनिबार मध्यराति तिर यो सूचना जारी गरिएको हो। 

टोंगामा ज्वालामुखी विस्फोट भएको थियो । शनिबार त्यहाँ शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि यहाँ सुनामी आउन सक्ने भन्दै शनिबार मध्यराति यो सूचना जारी गरेको हो।

Hardik ivf

दक्षिणी प्यासिफिक टापूको टोंगामा शनिबार विस्फोट भएको ज्वालामुखीपछि जापानको पनि प्यासिफिक क्षेत्रमा यसको खतरा रहेको बताइएको हो ।त्यहाँ सुनामी आउन सक्ने भन्दै सामुद्री किनाराका नागरिकलाई उद्धार गरी अन्यत्रै सारिएको छ । साथै यस वरपरका नागरिकलाई सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।

जापानको पूर्वी समद्री किनारामा सुनामीको संकेत नै देखिइसकेको यससम्बन्धी अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार यहाँको अमामी टापू तथा यस वरपरको समद्री किनारामा पानीको सतह केही माथिसम्म आएको र यसबाट सम्भावित सुनामीको संकेत देखिइसकेको बताइएको छ।
 
जापानको दक्षिणपश्चिमी सामुद्री किनाराहरुमा करिब तीन मिटरसम्मको सुनामी आउनसक्ने सो निकायले जनाएको छ । 

प्रकाशित मिति: १४:१२ बजे, आइतबार, माघ २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्