Kathmandu Press

पशुपतिको धर्मशाला सेभेन स्टार होटल जस्तो रहेछ, सक्ड भएँ : मन्त्री आले 

निरीक्षणपछि मन्त्री आलेले धर्मशाला त सेभेन स्टार होटलजस्तो देखेर आफू सक भएको बताएका हुन्। धर्मशालामा सस्तो र सर्वसुलभ हुनुपर्नेमा एउटा कोठामा एक जना बस्दा पाँच हजार ५०० र दुई जना बस्दा ११ हजार रुपैयाँ लिने गरिएको देखिएको मन्त्री आलेले बताए।
पशुपतिको धर्मशाला सेभेन स्टार होटल जस्तो रहेछ, सक्ड भएँ : मन्त्री आले 

काठमाडौं, माघ २ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपतिको धर्मशाला देखेर आफू सक्ड भएको बताएका छन्। आइतबार बिहान बतास समूहले पशुपती क्षेत्रमा सञ्चालन गरेको धर्मशाला  निरीक्षण पश्चात आफू छक्क परेको अभिव्यक्ति दिएका हुन्। 

निरीक्षणपछि मन्त्री आलेले धर्मशाला त सेभेन स्टार होटलजस्तो देखेर आफू सक भएको बताएका हुन्। धर्मशालामा सस्तो र सर्वसुलभ हुनुपर्नेमा एउटा कोठामा एक जना बस्दा पाँच हजार ५०० र दुई जना बस्दा ११ हजार रुपैयाँ लिने गरिएको देखिएको मन्त्री आलेले बताए।

उनले यस सम्बन्धमा छानबिन समितिले सोमबार प्रतिवेदन बुझाएपछि सबै सत्यतथ्य बाहिर आउने मन्त्री आलेले बताए। छानविन समितिको प्रतिवेदनमा जो दोषी देखिन्छ उसलाई कारवाहीको दायरामा ल्याउने पनि मन्त्री आलेले बताए। 

बतास समूहले व्यवस्थापन को जिम्मेवारी लिएको धर्मशालामा चर्को शूल्क असुलिएको भन्दै गुनासो आएपछि आइतबार छानबिन समितिका सदस्य, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसहित मन्त्री आले पशुपति पुगेका थिए। 

प्रकाशित मिति: १३:१८ बजे, आइतबार, माघ २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्