Kathmandu Press

बतासले भाडामा लिएको धर्मशाला निरीक्षण गर्न पशुपति पुगे पर्यटनमन्त्री 

धर्मशाला भाडामा लिएर महँगो होटल चलाएको भन्दै बतास समूहको आलोचना भएपछि मन्त्री आले आज बिहान त्यहाँ पुगेर निरीक्षण गरेका हुन् ।
बतासले भाडामा लिएको धर्मशाला निरीक्षण गर्न पशुपति पुगे पर्यटनमन्त्री 

काठमाडौ, माघ २ : संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले पशुपतिमा बतास अर्गनाइजेशनले सञ्चालन गरेको धर्मशाला निरीक्षण गर्न पुगेका छन्। 

धर्मशाला भाडामा लिएर महँगो होटल चलाएको भन्दै बतास समूहको आलोचना भएपछि मन्त्री आले आज बिहान त्यहाँ पुगेर निरीक्षण गरेका हुन् ।

यस विषयमा सत्यतथ्य बुझ्न आफैं धर्मशाला आएको मन्त्री आलेले बताए । सत्यतथ्य बुझेपछि आवश्यक निर्णय लिइने मन्त्री आलेले बताए।

पशुपतिनाथ दर्शन गर्न आउने भक्तजनलाई खान र बस्न सहज होस् भनेर भारत सरकारको सहयोगमा बनाइएको धर्मशाला पछि बतास समूहले भाडामा लिएर होटल सञ्चालन गरेको हो। १९ रोपनी जग्गा र त्यसमा फैलिएकोा ३४ करोड लागतको ८८ कोठे धर्मशालामा बतास समूहले व्यापारिक  होटल  चलाइरहेको छ। 

सो होटेलमा सुत्नकै लागि ७ हजार तिर्नुपर्ने विवरणहरु सार्वजनिक भएका छन्। अचाक्ली महंगो शुल्क असुलेको गुनासो आएपछि मन्त्री आले आफै अनुगमन गर्न पुगेको हुन्। 

प्रकाशित मिति: १२:०८ बजे, आइतबार, माघ २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्