एनआरएनएको विवाद मिलाउन उच्चस्तरीय समिति गठन
काठमाडौं, माघ २ : गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद मिलाउन उच्च स्तरीय समिति गठन गरिएको छ।एनआरएनएका प्रमुख संरक्षक शेष घलेको नेतृत्वमा सात...
काठमाडौं, माघ २ : गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद मिलाउन उच्च स्तरीय समिति गठन गरिएको छ।
एनआरएनएका प्रमुख संरक्षक शेष घलेको नेतृत्वमा सात सदस्यीय समिति गठन गरिएको हो। समितिमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, संरक्षकहरू देवमान हिराचन, जीवा लामिछाने, भवन भट्ट, रामप्रताप थापा र वर्तमान अध्यक्ष कुमार पन्त सदस्य छन्।
समितिले एनआरएनएको महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको नामावली टुंगो लगाउनेछ। २८ फेब्रुअरीमा महाधिवेशन हुने तय गरिएको छ। त्यसका लागि समितिले २६ जनवरीसम्म विवाद मिलाउने जनाइएको छ।
एनआएनएको महाधिवेशन गत अक्टुबरमा हुने तय गरिएको थियो। तर, महाधिवेशन प्रतिनिधि छनोटमा विवाद भएपछि स्थगित भएको थियो।
प्रकाशित मिति: ०८:४१ बजे, आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1777440254.jpg)





-1777440254.jpg)


