Kathmandu Press

आजदेखि अग्रपंक्तिमा खटिने व्यक्तिलाई बुस्टर डोज

आजदेखि अग्रपंक्तिमा खटिने व्यक्तिलाई बुस्टर डोज

काठमाडौं, माघ २ : आजदेखि देशभर अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई कोरोना भाइरस विरुद्धको खोपको बुस्टर डोज दिइने भएको छ।

सरकारले तत्काल दुई चरणमा बुस्टर डोज दिन लागेको छ। पहिलो चरणमा आजदेखि अग्रपंक्तिमा खटिने व्यक्तिहरुले बुस्टर डोज पाउनेछन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसअघि पूर्ण मात्रा खोप लगाइसकेको ६ महिना पूरा भएका व्यक्तिलाई बुस्टर डोज दिइने छ। बुस्टर डोजमा पहिले लगाइएकै खोप दिइनेछ।

त्यसपछि दोस्रो चरणमा ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। उनीहरुलाई माघ १४ गतेदेखि बुस्टर डोज दिने सरकारको तयारी छ।

आजदेखि शुरु हुने बुस्टर डोज दिन सबै तयारी पूरा भएको छ। जिल्ला स्वास्थ्य कार्यालय, प्रदेश स्वास्थ्य निर्देशनालयहरुलाई पत्राचार गरिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: ०८:०७ बजे, आइतबार, माघ २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्