Kathmandu Press

डे ब्रुयनाको निर्णयक गोलमा सिटी विजयी

काठमाडाैं, माघ १ : इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको लिग लिडर म्यान्चेस्टर सिटी विजयी भएको छ। घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीले...
डे ब्रुयनाको निर्णयक गोलमा सिटी विजयी

काठमाडाैं, माघ १ : इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको लिग लिडर म्यान्चेस्टर सिटी विजयी भएको छ। घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीले चेल्सीमाथि १–० को जित निकाल्यो।

रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा सिटीलाई जित दिलाउन कप्तान केभिन डे ब्रुयनाले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा डे ब्रयनाले ७०औं मिनेटमा डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै सिटीलाई अग्रता दिए। उनले जोआ कान्सेलेको पासमा गोल गरेका हुन्।

यो जितसँगै सिटीले शीर्ष स्थानमा १३ अंकको अग्रता कायम गरेको छ। उसले २२ खेलमा ५६ अंक जोड्दा दोस्रो स्थानमा रहेको चेल्सीको ४३ अंक छ।

प्रकाशित मिति: २०:३० बजे, शनिबार, माघ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्