Kathmandu Press

नयाँ भेरियन्टले चुनौती थप्यो : प्रधानमन्त्री देउवा

नयाँ भेरियन्टले चुनौती थप्यो : प्रधानमन्त्री देउवा

काठमाडाैं, माघ १ : प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रणमा नयाँ भेरियन्टले चुनौती थपेको बताए। तीव्रगतिमा सङ्क्रमण फैलने नयाँ–नयाँ भेरियन्टले ठूलो समस्या ल्याएको उनको भनाइ थियो। आगामी चैत मसान्तभित्र सबै नेपालीलाई खोप सरकारले लक्ष्य रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले खोप अभियानलाई प्रभावकारी बनाएर लैजाने बताए।

'ओमिक्रोनजस्ता भाइरस डरलाग्दो तरिकाले आइरहेको छ, सबै नागरिकलाई खोपको पूर्ण मात्रा दिएर कुनै पनि हालतमा नागरिकलाई कोरोनाविरुद्धको बुस्टर डोज लगाउनुपर्ने, सीमा क्षेत्रमा होल्डिङ सेन्टरको स्थापना र चिकित्सकको व्यवस्था गर्नुपर्ने अवस्था छ,' उनले भने।

कोरोनाविरुद्धको महामारीमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीको जीवन बिमा र सुरक्षाकर्मीलाई प्रोत्साहित गरिनुपर्ने प्रधानमन्त्री देउवाको भनाइ थियो। यसअघि नेपालले सञ्चालन गरेको खोप अभियान प्रभावकारी भएर विश्व स्वास्थ्य सङ्गठनले बधाई दिएको स्मरण गर्दै उनले आगामी दिनमा पनि कोरोना नियन्त्रणमा द्रूतगतिमा काम गर्नुपर्ने बताए।

प्रकाशित मिति: १९:३९ बजे, शनिबार, माघ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्