Kathmandu Press

सुदूरपश्चिम प्रदेशमा थप २८३ जनामा सङ्क्रमण, एकको मृत्यु

बैतडी, माघ १ : सुदूरपश्चिम प्रदेशमा शनिबार एकैदिन थप २८३ जनामा कोरोना सङ्क्रमण देखिएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार गएको २४ घण्टामा प्रदेशभर पिसीआर...
सुदूरपश्चिम प्रदेशमा थप २८३ जनामा सङ्क्रमण, एकको मृत्यु
Hardik ivf

बैतडी, माघ १ : सुदूरपश्चिम प्रदेशमा शनिबार एकैदिन थप २८३ जनामा कोरोना सङ्क्रमण देखिएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार गएको २४ घण्टामा प्रदेशभर पिसीआर र एन्टिजेन विधिबाट एक हजार ४२९ जनाको नमूना परीक्षण गर्दा २८३ जनामा सङ्क्रमण पुष्टि भएको हो।

पिसीआरमार्फत १२६ र एन्टिजेनमार्फत १५७ जनामा पुष्टि भएको हो। पिसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा १०४, महाकाली अस्पतालमा १४, बाजुरा जिल्ला अस्पतालमा आठ र एन्टिजेनमार्फत कैलालीका १०३, कञ्चनपुरका ४५, दार्चुला पाँच र बैतडीका चार जनामा सङ्क्रमण पुष्टि भएको छ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर आठ जना निको भएका छन्। उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ। कैलालीको कैलारी गाउँपालिका–५ का ५३ वर्षीया सङ्क्रमित महिलाको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। यसअघि शुक्रबार यस प्रदेशमा ३८३ जनामा सङ्क्रमण पुष्टि हुँदा १० जना निको भएका थिए। सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१५ जनाको ज्यान गइसकेको छ।

प्रकाशित मिति: १९:०२ बजे, शनिबार, माघ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्