Kathmandu Press

ब्राजिलमा ५–११ वर्षका बालबालिकालाई कोभिड–१९ विरुद्ध खोप लगाउन सुरू

ब्राजिल, माघ १ : ब्राजिलले पाँचदेखि ११ वर्षका बालबालिकाका लागि खोप अभियान सुरु गरेको अधिकारीलाई उद्धृत गरी ब्राजिलियाली सञ्चारमाध्यम सिएनएन ब्रासिलले जनाएको छ।ब्रासिलका...
ब्राजिलमा ५–११ वर्षका बालबालिकालाई कोभिड–१९ विरुद्ध खोप लगाउन सुरू

ब्राजिल, माघ १ : ब्राजिलले पाँचदेखि ११ वर्षका बालबालिकाका लागि खोप अभियान सुरु गरेको अधिकारीलाई उद्धृत गरी ब्राजिलियाली सञ्चारमाध्यम सिएनएन ब्रासिलले जनाएको छ।

ब्रासिलका अनुसार यो उमेर समूहमा खोप लगाउने पहिलो बच्चा आठ वर्षीय आदिवासी बालक रहेका छन्। उनलाई साओ पाउलो अस्पतालमा खोप लगाइएको हो। डिसेम्बर १६ मा, ब्राजिलको स्वास्थ्य नियामक एन्भिसाले पाँच देखि ११ वर्षका बालबालिकाहरूमा प्रयोग गर्नका लागि फाइजर–बायोएनटेकको कोभिड–१९ विरूद्धको खोपलाई अनुमोदन गरेको थियो।

यो खोप बालबालिकाको लागि खोप लगाउन सुरक्षित रहेको बताइएपछि विभिन्न देशहरूमा उक्त उमेर समूहका बालबालिकालाई पनि खोप दिन थालिएको छ। नर्वेलगायतका कतिपय यूरोपेली मुलुकले पनि बालबालिकाका लागि यसको प्रयोग गर्न अनुमति दिइसकेका छन्।

यद्यपि, बालबालिकालाई खोप लगाउनु आवश्यक नभएको भन्दै ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले आफ्नो ११ वर्षीया छोरीले बालबालिकाको लागि लगाइने भनिएको खोप नलगाउने बताएका छन।

ब्राजिलले सन् २०२१ को जनवरीमा खोप अभियान सुरु भएदेखि अहिलेसम्म ३२ करोड मात्रा खोपको व्यवस्था गरेको छ। यहाँ हाल लगभग १४ करोड ३० लाख मानिसहरू अर्थात् ६८ प्रतिशत जनसंख्याले पूर्ण खोप लगाएका छन्।

प्रकाशित मिति: १८:५४ बजे, शनिबार, माघ १, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्