Kathmandu Press

रुबीभ्याली पहिरो : डोजरका सहचालक राजुको शव भेटियो, दुईजना अझै बेपत्ता 

काठमाडौं, माघ १ : धादिङको रुबीभ्याली गाउँपालिका–१ तिप्लिङमा सडक खन्ने क्रममा पहिरोले पुुरिएका तीन मध्य एकजनाको शव भेटिएको छ।  पहिरोमा पुरिएको तीन दिन बितेपछि...
रुबीभ्याली पहिरो : डोजरका सहचालक राजुको शव भेटियो, दुईजना अझै बेपत्ता 

काठमाडौं, माघ १ : धादिङको रुबीभ्याली गाउँपालिका–१ तिप्लिङमा सडक खन्ने क्रममा पहिरोले पुुरिएका तीन मध्य एकजनाको शव भेटिएको छ।  पहिरोमा पुरिएको तीन दिन बितेपछि एकजनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले काठमाडौं प्रेसलाई जानकारी दिएका छन्। 

डिएसपी भण्डारीका अनुसार डोजरका सहचालक २३ वर्षीय राजु तामाङको शव भेटिएको हो। राजु काभ्रेका हुन्। बाँकी दुई जनाको भने अवस्था अझै अज्ञात रहेको छ। 

बिहीबार साढे ८ बजे सडकमाथिबाट खसेको पहिरोमा डोजरसहित तीन जना पुरिएका थिए। खोजी गर्नका लागि संयुक्त सुरक्षाकर्मीको ३८ जनाको समूह घटनास्थलमा खटिएको भएपनि डोजरका चालक  आकाश तामाङ र  स्थानीय युवक  अनिश तामाङ भने भेटिएका छैनन्। 

आइतबार साँझसम्म खोजी कार्य हुँदा नभेटिएपछि आजको खोजीकार्य स्थगित गरिएको डिएसपी भण्डारीले जानकारी दिएका छन् । भोलि बिहान पुनः खोजीकार्यमा जुट्ने उनले बताए। 

पहिरो ठूलो भएको र अन्य मेसिनरी पनि लैजान सक्ने अवस्था नरहेका कारण सुरक्षाकर्मीहरु आफैले खन्ने खोतल्ने गरी वेपत्ताहरुको खोजी गरिरहेको छ।  

प्रकाशित मिति: १७:५३ बजे, शनिबार, माघ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्