Kathmandu Press

टोकियोमा प्रवेश परीक्षाका क्रममा चक्कु प्रहारबाट तीन जना घाइते

टोकियो, माघ १ : जापानको टोकियो विश्वविद्यालयको प्रवेश परीक्षाका क्रममा चक्कु प्रहारबाट तीन जना घाइते भएको, राष्ट्रिय मिडियाले शनिबार जनाएको छ।जापानी प्रसारक एनएचकेका अनुसार...
टोकियोमा प्रवेश परीक्षाका क्रममा चक्कु प्रहारबाट तीन जना घाइते

टोकियो, माघ १ : जापानको टोकियो विश्वविद्यालयको प्रवेश परीक्षाका क्रममा चक्कु प्रहारबाट तीन जना घाइते भएको, राष्ट्रिय मिडियाले शनिबार जनाएको छ।

जापानी प्रसारक एनएचकेका अनुसार स्थानीय प्रहरीलाई उद्धृत गर्दै एक १७ वर्षीय युवकलाई हत्या प्रयासको आशंकामा पक्राउ गरिएको छ। 

पीडितहरूलाई पछाडिको भागमा चोट लागेको र अस्पताल लगिएको बताइएको छ। तीमध्ये दुई जना उच्च माध्यमिक विद्यालयका विद्यार्थी थिए जो त्यस दिन प्रवेश परीक्षा दिन आएका थिए भने अर्का पीडित ७० वर्षीय पुरुष थिए।
 
उक्त घटना बारे छानबिन भइरहेको बताइएको छ। 

प्रकाशित मिति: १७:२९ बजे, शनिबार, माघ १, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्