Kathmandu Press

मुलुकभर थपिएकामध्ये उपत्यकामा आधा बढी संक्रमित

शनिबार काठमाडौं जिल्लामा मात्रै १ हजार ५९१ जनामा कोरोना पुष्टि भएकाे छ । त्यस्तै ललितपुरमा ४८६ र भक्तपुरमा १४२ जना संक्रमित थपिएका छन्।
मुलुकभर थपिएकामध्ये उपत्यकामा आधा बढी संक्रमित

काठमाडौं, माघ १ : काठमाडौं उपत्यकामा एकैदिन २ हजार २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। चौबिस घण्टामा देशभर थपिएका संक्रमित मध्य आधा भन्दा बढी संंक्रमित काठमाडौं उपत्यकामा मात्र रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

उपत्यकाका तीन जिल्लामध्य काठमाडौंमा सबैभन्दा बढी संक्रमित थपिएका छन्। शनिबार काठमाडौं जिल्लामा मात्रै १ हजार ५९१ जनामा कोरोना पुष्टि भएकाे छ । त्यस्तै ललितपुरमा ४८६ र भक्तपुरमा १४२ जना संक्रमित थपिएका छन्। पछिल्लो एकसाता यता काठमाडौंमा कोरोनाा संक्रमितको संख्या तीव्र रुपले बढिरहेको छ। 

शुक्रबार काठमाडौंमा मात्रै दुई हजारभन्दा बढी कोरोना संक्रमित थपिएका थिए।  यस हिसाबमा काठमाडौं कोरोनाको हटस्पट बनेको छ। जिल्लाभरि सक्रिय संक्रमितको संख्या ९ हजार ६१  पुगिसकेको छ। ललितपुर र भक्तपुरमा क्रमशः २ हजार ३८२ र १ हजार ३७१ सक्रिय संक्रमित रहेका छन्। 

शनिबार देशभर ४ हजार ३३६ जनामा कोरोना पुष्टि भएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ पुगिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १६:५१ बजे, शनिबार, माघ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्