Kathmandu Press

एकैदिन ४ हजार ६३६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु 

हाल मुलुकभर २१ हजार ५८४ सक्रिय संक्रमित रहेका छन्। तीमध्य २० हजार ५३६ जना होम आइसोलेसनमा छन् भने १ हजार ४८ जना संस्थागत आइसोलेसनमा छन्।
एकैदिन ४ हजार ६३६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु 

काठमाडौं, माघ १ : देशभर पछिल्लो चौबिस घण्टामा ४ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ५५६ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। शनिबार १० हजार ४१२ नमूनाको पीसीआर परीक्षण गर्दा ३ हजार ७०३ र ४ हजार १४४ नमूनाको एन्टीजेन परीक्षण गर्दा ९३३ जनामा कोरोना पुष्टि भएको हो।

सोही अवधिमा ३५० जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

योसँगै मुलुकभर कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ८ लाख ४९ हजार २०४ र एन्टीजेनतर्फ १ लाख १ हजार १४१ रहेका छन्। त्यस्तै निको हुनेको कुल संख्या ८ लाख १६ हजार ३ जना छन् भने कोरोना संक्रमणका कारण हालसम्म ११ हजार ६१७ जनाले ज्यान गुमाइसकेका छन्।

हाल मुलुकभर २१ हजार ५८४ सक्रिय संक्रमित रहेका छन्। तीमध्य २० हजार ५३६ जना होम आइसोलेसनमा छन् भने १ हजार ४८ जना संस्थागत आइसोलेसनमा छन्। संस्थागत आइसोलेसनमा रहेका मध्य ११९ जना आइसीयू र २६ जना भेन्टिलेटरमा छन् । त्यस्तै १२६ जना क्वारेन्टिनमा रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १६:३० बजे, शनिबार, माघ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्