टाइगरकप महिला भलिबलको उपाधि एपिएफलाई
काठमाडाैं, माघ १ : दोस्रो संस्करणको टाइगर कप आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको विभागीय टिम एपिएपले उपाधि जितेको छ ।पोखरा...
काठमाडाैं, माघ १ : दोस्रो संस्करणको टाइगर कप आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको विभागीय टिम एपिएपले उपाधि जितेको छ ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शनिबार भएको विभागीय डर्बी फाइनलमा आर्मीलाई ३-० को सेटमा पराजित गर्दै एपिएफले उपाधि जितेको हो।
एक पक्षीय बनेको फाइनलमा आर्मीमाथि एपिएफले २५-२३, २५-१५, २५-२० को सोझो सेटमा जित निकाल्यो। पहिलो संस्करणको फाइलनमा पुलिससँग पराजित भएको एपिएफले पहिलो पटक उपाधि जितेको हो।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको पाँच टोली सहभागी थिए । राउन्ड रोबिनका आधारमा भएको लिगमा शीर्ष दुईमा रहँदै आर्मी र एपिएफ फाइनल पुगेका थिए।
पुरुषतर्फको फाइनल पनि आजै हुनेछ । जसमा हेल्प नेपाल र आर्मी भिड्ने छन्।
प्रकाशित मिति: १२:३२ बजे, शनिबार, माघ १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











