Kathmandu Press

अमेरिकाले लगायो चीनमा हुने सबै उडानमा प्रतिबन्ध लगाउने

वासिङ्टन, माघ १ : अमेरिकाले चीनमा हुने सबै हवाइ उडानमा प्रतिबन्ध लगाएको छ। अमेरिकाले जनवरी १९ देखि चीनका लागि हुने व्यवसायिक उडानमा प्रतिबन्ध...
अमेरिकाले लगायो चीनमा हुने सबै उडानमा प्रतिबन्ध लगाउने

वासिङ्टन, माघ १ : अमेरिकाले चीनमा हुने सबै हवाइ उडानमा प्रतिबन्ध लगाएको छ। अमेरिकाले जनवरी १९ देखि चीनका लागि हुने व्यवसायिक उडानमा प्रतिबन्ध लगाएको हो।

चीनले सन् २०२२ को शीतकालीन ओलम्पिकअगाडि कोरोनाभाइरस संक्रमणलाई देखाउँदै अन्य प्रतिबन्धात्मक प्रयास गरेकाले त्यहाँ हुने सबै व्यावसायिक उडानहरूमा प्रतिबन्ध लगाउनु परेको अमेरिकाले जनाएको छ।

अर्को हप्तादेखि, २०२२ बेइजिङ शीतकालीन ओलम्पिक अघि बेइजिङका लागि कुनै पनि व्यावसायिक उडानहरू नहुने सम्भावना रहेको सीएनएनले जनाएको ।छ

सिएनएनले भनेको छ, ‘जनवरी १९ मा सुरु हुने प्रतिबन्ध कम्तिमा दुई हप्तासम्म जारी रहने छ । अमेरिकाबाट चीनका लागि हुने सबै उडानहरू या त रद्द गरिएका छन् वा चिनियाँ उड्डयन नियमहरूको कारण निलम्बित हुने सम्भावना छ।’

बेइजिङ शीतकालीन ओलम्पिक फेब्रुअरी ४ मा सुरु हुनेछ । सहभागीहरूले प्रायः ओलम्पिकमा सहभागिताका लागि विशेष उडानहरू लिइरहेका छन् ।

 

 

प्रकाशित मिति: ११:३३ बजे, शनिबार, माघ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्