Kathmandu Press

कोरोना नियन्त्रणमा मेरो–तेरो पार्टी नभनौं, सबै एक हौं : प्रधानमन्त्री

‘कोरोना नियन्त्रण र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी हामी सबै एक हुनुपर्छ, सबैको सहकार्य र एकताबाट कोरोना नियन्त्रण र रोकथाम गर्न सकिन्छ। प्रधानमन्त्रीले उल्लेख गरे।'
कोरोना नियन्त्रणमा मेरो–तेरो पार्टी नभनौं, सबै एक हौं : प्रधानमन्त्री

काठमाडौं, माघ १ : प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रका लागि सबै एक जुट हुनेपर्ने बताएका छन्।

कोभिड नियन्त्रणका विषयमा प्रमुख प्रतिपक्ष दल एमालेको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्रीले सबै मिलेर कोरोना तेस्रो लहरलाई परास्त गर्नुपर्ने बताए । नेकपा एमालेका नेता सुभास नेम्वाङको नेतृत्वमा प्रतिनिधिमण्डलले शनिबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो।

प्रधानमन्त्रीले देउवाले भने, ‘कोरोना नियन्त्रण र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी हामी सबै एक हुनुपर्छ।' सबैको सहकार्य र एकताबाट कोरोना नियन्त्रण र रोकथाम गर्न सकिने प्रधानमन्त्रीले उल्लेख गरे।

प्रधानमन्त्री देउवाले तेस्रो लहरसँगै आएको ओमिक्रोन भाइरस धेरै संक्रामक भएकाले सवधानी अपनाउन र सचेतना फैलाउन सरकारले पहल गरिरहेको पनि बताए ।

उनले आफूले सरकारको नेतृत्व गरेपछि कोभिड विरुद्धको खोप लगाउने संख्या बृद्धि भएको बताउँदै सबै खोप लगाउन योग्य नागरिकलाई दुवै डोज खोप लगाउनेगरी सरकार अघि बढेको पनि बताए।

 

प्रकाशित मिति: ११:०० बजे, शनिबार, माघ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्