Kathmandu Press

माघीले नेपालीबीचको सबन्ध प्रगाढ बनाउँछ : प्रधानमन्त्री

काठमाडाैं, माघ १ : प्रधानमन्त्री शेरबहादुर देउवाले माघे संक्रान्ति तथा माघी पर्वले समस्त नेपालीबीच आपसी सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्ने बताएका छन्।माघे...
माघीले नेपालीबीचको सबन्ध प्रगाढ बनाउँछ : प्रधानमन्त्री

काठमाडाैं, माघ १ : प्रधानमन्त्री शेरबहादुर देउवाले माघे संक्रान्ति तथा माघी पर्वले समस्त नेपालीबीच आपसी सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्ने बताएका छन्।

माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाल्े यो वर्पले पारस्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान हुने उल्लेख गरेका छन्।

‘थारु समुदायमा माघी र अन्य समुदायमा माघे सङ्क्रान्ति नामले चिनिने यो पर्व हाल नेपालको एक विशिष्ट पहिचानसहितको पर्वका रूपमा मनाइँदै आएको छ,’ प्रधानमन्त्री देउवाद्वारा जारी सन्देशमा भनिएको छ, ‘हाम्रा संस्कृति र संस्कारमा आफ्ना विशेषता छन्, विविधताभित्र एकता र सामाजिक सदभाव हाम्रा सांस्कृतिक विशेषताका उदाहरण हुन्।’

उनले शुभकामना सन्देशमार्फत कोभिड–१९ महामारी नियन्त्रणका लागि अवलम्बन गरेका हालसम्मका प्रयास प्रभावकारी देखिए पनि कोभिड–१९ को नयाँ स्वरूपले अझै जोखिम बढाएकाले सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्डको पालना गर्दै यो पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति: १०:२७ बजे, शनिबार, माघ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्