Kathmandu Press

पाँच हजारसम्म सस्तियो हवाई भाडा, कहाँ जान कति? 

काठमाडौं, भदौ २२ : पछिल्लो समय आन्तरिक उडानमा तिव्र प्रतिस्प्रर्धासँगै भाडादर पनि ह्वात्यै घटेको छ। 

एयरलाइन्स कम्पनीहरुले गाडी भाडा सर....

पाँच हजारसम्म सस्तियो हवाई भाडा, कहाँ जान कति? 

काठमाडौं, भदौ २२ : पछिल्लो समय आन्तरिक उडानमा तिव्र प्रतिस्प्रर्धासँगै भाडादर पनि ह्वात्यै घटेको छ। 

एयरलाइन्स कम्पनीहरुले गाडी भाडा सरह हवाई टिकट उपलव्ध गराईहेका छन् । पर्यटक सिजन नभएकाले पर्यटकिय शहर पोखरा जानका लागि झनै सबैभन्दा सस्तोमा हवाई भाडा उपलव्ध गराउदै आएका छन्। 

एयरलाइन्स कम्पनीहरुले टिकट बिक्री नभएपछि ५ हजार रुपैयाँ सम्म हवाई भाडा घटाएर बिक्री गरिरहेका छन् । अहिले सवै जसो गन्तव्यमा ५० प्रतिशत भन्दा बढी हवाई भाडा सस्तो भएको छ। 

Hardik ivf

आन्तरिक उडानमा रहेका बुद्ध एयर, यति एयर, तारा एयर, सिम्रिक एयरलाइन्स, सिता एयर, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स लगायत सवैले हवाई भाडा प्रतिस्प्रर्धामा घटाएर बिक्री गरेका छन् । दशैं नजिकिएपनि दशैका लागि जाने यात्रु पाउन अझै २० दिन कुर्नुपर्ने अवस्थामा रहेका एयरलाइन्स कम्पनीहरुले प्रत्येक दिन जसो भाडा घटाएर बिक्री गरिरहेका छन्। 

यति एयरलाइन्सले पोखराका लागि  एक हजार ९ सय १० रुपैयाँमा टिकट उपलव्ध गराएको छ । जवकी काठमाडौं–पोखराको हवाई भाडा ४ हजार ८ सय ४९ रुपैयाँसम्म यात्रुले तिर्दै आएका थिए। 

त्यस्तै पोखराका लागि बुद्ध एयरले पनि २ हजार रुपैयाँमै टिकट बिक्री गरिरहेको छ । यात्रुको चाप हुने समयमा बुद्ध एयरले पोखराका लागि ४ हजार ९ सय रुपैयाँ लिदैं आएको छ। 

‘यात्रुको चाप घट्दा टिकटको मूल्य घट्नु स्वभाविक हो । यात्रुको चाप बढेपछि स्वतह भाडा बढ्छ,’ यति एयरलाइन्सका प्रवक्ता भिम राईले भने । दसैंको सिजन आउन अझै केही समय लाग्ने भएकोले सवै एयरलाइन्स कम्पनीहरुले सस्तोमा टिकट बिक्री गरिरहेको जानकारी दिए। 

यतिवेला काठमाडौंबाट जाने र काठमाडौं आउने दुवै तर्फका टिकट सस्तोमा बिक्री भइरहेको छ । यात्रुको चापको समयमा काठमाडौंबाट सवैभन्दा टाढाको गन्तव्य धनगढी जानका लागि ९ हजार ९ सय ५२ रुपैयाँ तिर्नुपर्ने हुन्छ । तर अहिले ५ हजार ७ सय रुपैयाँमा धनगढी जानका लागि टिकट बिक्री भइरहेको छ। 

त्यस्तैगरी एयरलाइन्स कम्पनीहरुले नेपालगन्जका लागि ३ हजार ९ सय रुपैयाँमा टिकट बिक्री गरिरहेका छन् । भने अन्य समयमा ९ हजार ५ सय रुपैयाँ सम्म पर्ने गर्दछ । 
भैरहवाको टिकट पनि सस्तोदरमा बिक्री भइरहेको छ । अहिले काठमाडौं–भैरहवाको टिकट २ हजार ५ सय २० रुपैयाँमै पाइन्छ । जवकी यात्रु चाप भएको समयमा ५ हजार ७ सय रुपैयाँ भन्दा बढी पर्दछ। 

अन्य समयमा ३ हजार ५ सय ४५ रुपैयाँ पर्ने काठमाडौं–भरतपुरको टिकट २ हजार ८ सय रुपैयाँमै पाइन्छ । त्यस्तैगरी ८ हजार ८ सय ४५ रुपैयाँ पर्ने भद्रपुरको टिकट ३ हजार १ सय ८५ रुपैयाँमा बिक्री भइरहेको छ। 
 

प्रकाशित मिति: १८:०७ बजे, आइतबार, भदौ २२, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्