Kathmandu Press

दिल्लीका १५ प्रतिशत मात्रै शैयामा विरामी भर्ना

नयाँ दिल्ली, पुस ३० :  भारतको दिल्ली प्रदेशमा रहेका कूल शैयामध्ये अहिले १५ प्रतिशत मात्रै शैयामा विरामी भर्ना भएका छन्।अरु ८५ प्रतिशत शैया...
दिल्लीका १५ प्रतिशत मात्रै शैयामा विरामी भर्ना

नयाँ दिल्ली, पुस ३० :  भारतको दिल्ली प्रदेशमा रहेका कूल शैयामध्ये अहिले १५ प्रतिशत मात्रै शैयामा विरामी भर्ना भएका छन्।

अरु ८५ प्रतिशत शैया खाली नै रहेकाले शैयाको अभाव हुन्छ की भनेर चिन्ता लिनु पर्ने अवस्था नरहेको अधिकारीले जनाएका छन्।

दिल्ली प्रदेशका स्वास्थ्य मन्त्री सत्यन्द्र जैनले प्रदेशभरीमा औसतमा २५ हजार नयाँ सङ्क्रमित थपिने गरेको शुक्रबार जानकारी दिए।

उनले अघिल्लो दिन दिल्लीमा २८ हजार ८६७ जना नयाँ सङ्क्रमित थपिएको विवरण सार्वजनिक गरे। सोही अवधिमा ३१ जनाको कोरोनाभाइरसका कारण निधन भएको पनि उनले बताए।

त्यसैगरी २८ हजार सङ्क्रमित थपिएको बेला दुई हजार ४२४ जना सङ्क्रमित मात्रै अस्पताल भर्ना भएका थिए। दिल्लीका १३ हजारभन्दा बढी शैया खाली रहेको मन्त्री जैनले जानकारी दिए।

उनका अनुसार कोरोनाका कारण मृत्यु भएकामध्ये ७५ प्रतिशतले खोप नलगाएको पाइएको छ। खोप लगाएकाहरूको मृत्युदर अत्यन्त कम रहेको पनि उनले बताए।

प्रकाशित मिति: २०:०८ बजे, शुक्रबार, पुस ३०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्