सुदूरपश्चिममा एकैदिन ३८३ जनामा सङ्क्रमण
सुदूरपश्चिम, पुस ३० : सुदूरपश्चिम प्रदेशमा शुक्रबार एकैदिन थप ३८३ जनामा कोरोना सङ्क्रमण देखिएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार गएको २४ घण्टामा प्रदेशभर पीसीआर...सुदूरपश्चिम, पुस ३० : सुदूरपश्चिम प्रदेशमा शुक्रबार एकैदिन थप ३८३ जनामा कोरोना सङ्क्रमण देखिएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट दुई हजार ३१ जनाको नमूना परीक्षण गर्दा ३८३ मा सङ्क्रमण पुष्टि भएको हो।
पीसीआरमार्फत ७३ र एन्टीजेनमार्फत ३१० मा पुष्टि भएको हो। पीसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा ६६, जिल्ला अस्पताल डोटीमा छ, कमलबाजार अस्पतालमा एक र एन्टीजेनमार्फत कैलालीमा १९०, कञ्चनपुरमा १०१, डोटीमा ११ र बैतडीमा आठ जनामा सङ्क्रमण पुष्टि भएको छ। यस्तै गएको २४ घण्टामा प्रदेशभर १० जना निको भएका छन्। उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन।
प्रकाशित मिति: १९:१८ बजे, शुक्रबार, पुस ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१
अर्जुनचौपारी गाउँपालिकाद्धारा स्याङ्जाका तीन यु–१९ महिला क्रिकेटरलाई सम्मान बिहीबार, मंसिर ६, २०८१