Kathmandu Press

एमबीबीसमा निर्धारितभन्दा बढी शुल्क लिन नपाइने

एमबीबीसमा निर्धारितभन्दा बढी शुल्क लिन नपाइने

काठमाडौं, पुस ३० : चिकित्सा शिक्षाको स्नातक तहको एमबीबीएस कार्यक्रमका लागि शिक्षण संस्थाहरुले चिकित्सा शिक्षा आयोगबाट निर्धारित शुल्क भन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको छ । 

शुक्रवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राष्ट्रिय चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, काठमाडौं मेडिकल कलेज, नोबेल मेडिकल कलेज, अभिभावक एवम् विद्यार्थीहरुको बिचमा भएको बैठकले यस्तो निर्णय गरेको हो। 

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम चिकित्सा शिक्षाको स्नातक तहको एमबीबीएसमा यस शैक्षिक सत्रका लागि चिकित्सा शिक्षा आयोगबाट निर्धारित भन्दा बढी शुल्क शिक्षण संस्थाहरुले नलिने निर्णय भएको हो। 

बैठकले विद्यार्थीहरुको छात्रावाससम्बन्धी समस्यालाई सम्बन्धित शिक्षण संस्था, अभिभावक र विद्यार्थीहरुको आपसी छलफल र सहमतीमा निरुपण गरिने पनि निर्णय भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । 

त्यसैगरी आगामी शैक्षिक सत्रदेखि लागु हुने गरी राष्ट्रिय चिकित्सा ऐन, २०७५ बमोजिम चिकित्सा शिक्षाको स्नातक तहको एमबीबीएस कार्यक्रमका लागि शुल्क निर्धारण गर्दा अहिले देखिएका समस्यालाई मिलाइने भएको छ।
 

प्रकाशित मिति: १९:१५ बजे, शुक्रबार, पुस ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्