पाकिस्तानद्वारा पहिलो पटक राष्ट्रिय सुरक्षा नीतिको सार्वजनिक संस्करण सुरू
इस्लनमावाद, पुस ३० : पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शुक्रबार देशमा पहिलो पटक राष्ट्रिय सुरक्षा नीतिको सार्वजनिक संस्करणको सुरुवात गरेका छन।यसलाई देशमा समावेशी विकासका...
इस्लनमावाद, पुस ३० : पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शुक्रबार देशमा पहिलो पटक राष्ट्रिय सुरक्षा नीतिको सार्वजनिक संस्करणको सुरुवात गरेका छन।
यसलाई देशमा समावेशी विकासका लागि ‘सबै समेट्ने’ ढाँचा भनिएको छ। यहाँ आयोजित शुभारम्भ समारोहलाई सम्बोधन गर्दै खानले पाकिस्तानको सुरक्षा आफ्ना नागरिकको सुरक्षामा रहेको धारणामा यो नीतिगत रोडम्याप नागरिक केन्द्रित रहेको बताए।
कुनै पनि राष्ट्रिय सुरक्षा पद्धतिले विभेदरहित मौलिक हक र सामाजिक न्यायको प्रत्याभूति दिलाउँदै राष्ट्रिय सहमति र जनताको समृद्धिलाई प्राथमिकता दिनुपर्ने प्रधानमन्त्री खानले बताए।
नागरिकहरूको विशाल क्षमता प्राप्त गर्न पाकिस्तानले वितरणमा आधारित सुशासनलाई बढावा दिनु आवश्यक भएको उनको तर्क छ।
खानले पाकिस्तानको विदेश नीति र सैन्य क्षमताको प्रमुख लक्ष्य यस क्षेत्र र त्यसभन्दा बाहिर शान्ति र स्थिरता रहने बताउँदै पाकिस्तानको विदेश नीति आर्थिक कूटनीतिसँगै सम्बन्ध प्रवर्द्धनमा पनि धेरै केन्द्रित हुने बताए।
सो अवसरमा पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार मोईद युसुफले परम्परागत र गैर परम्परागत दुवै मुद्दाले पाकिस्तानको सुरक्षामा असर पार्ने भएकाले यो नीतिगत ढाँचाले राष्ट्रिय सुरक्षालाई व्यापक रुपमा लिएको बताए।
राष्ट्रिय सुरक्षा नीति आर्थिक सुरक्षाको वरिपरि केन्द्रित छ र भू–रणनीतिक रणनीति तथा अपेक्षाहरूमा पाकिस्तानको सुरक्षालाई सुदृढ पार्न र विश्वमा खडा हुन पनि प्रमुख भूमिका रहेको युसुफले बताए। राष्ट्रिय सुरक्षा नीतिलाई पाकिस्तानको राष्ट्रिय सुरक्षा समिति र संघीय मन्त्रीमण्डलले डिसेम्बरको अन्ततिर अनुमोदन गरेको थियो।



-1777440254.jpg)








