हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर सम्झौता बहुमतले अस्वीकृत
काठमाडौं, पुस ३० : नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रिया रोकिएको छ। शुक्रबार हिमालयन बैंकको साधारण सभाबाट मर्जर सम्झौता अस्वीकृत भएको हो। मर्जर...
काठमाडौं, पुस ३० : नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रिया रोकिएको छ। शुक्रबार हिमालयन बैंकको साधारण सभाबाट मर्जर सम्झौता अस्वीकृत भएको हो।
मर्जर सम्झौता स्वीकृत हुनका लागि ७५ प्रतिशत मत चाहिनेमा सो संख्या नपुगेपछि दुई ठूला बैंकको मर्जर प्रकृया तत्कालका लागि रोकिएको हो।
गत बैशाख ३० गते दुई बैंकबीच मर्जर सम्झौतामा हस्ताक्षर भएको थियो। सम्झौतामा हस्ताक्षर भएपनि हिमालयन बैंकका ठूला लगानीकर्ता कर्मचारी सञ्चयकोष र अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ पछिल्लो समय मर्जरको विपक्षमा उभिएका हुन्।
मर्जर सम्झौतापछि तीन महिनाभित्र एकीकृत कारोबार शुरु गर्न राष्ट्र बैंकबाट अनुमति पाएका यी दुवै बैंकले तोकिएको समयमा मर्जर प्रक्रिया पूरा गर्न सकेका थिएनन् । त्यसपछि पुनः तीन महिनाका लागि राष्ट्र बैंकले समय थप गरेको थियो ।
थपिएको समयमा पनि मर्जर सम्पन्न हुन नसकेको भन्दै संयुक्त मर्जर समितिले नेपाल राष्ट्र बैंकलाई १९ मंसिरमा समय थप गरिदिन पत्र लेखेको थियो । राष्ट्र बैंकले सशर्त पुनः समय थप दिएको थियो ।
शुक्रबारको हिमालयन बैंकको साधारणभाबाट मर्जर प्रस्ताव नै विफल भएपछि भने अब मर्जरको सम्भावना टरेको छ।
याे पनि
हिमालयन र इन्भेस्टमेन्ट बैंकको ‘मर्जर’ : चार अर्ब बढी राजस्व छल्ने चलखेल











