Kathmandu Press

काठमाडौमा एकैदिन झण्डै २ हजार जनामा कोरोना पुष्टि

काठमाडौं, पुस ३० : काठमाडौंमा एकैदिन झण्डै २ हजार कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौंमा मात्रै १ हजार ९१३...
काठमाडौमा एकैदिन झण्डै २ हजार जनामा कोरोना पुष्टि

काठमाडौं, पुस ३० : काठमाडौंमा एकैदिन झण्डै २ हजार कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौंमा मात्रै १ हजार ९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

त्यसैगरी भक्तपुरमा ३१७ जना संक्रमित थपिएका छन् भने ललितपुरमा एकैदिन ३७७ जनालाई कोरोना पुष्टि भएको हो। 

तीन जिल्लामा गरी एकैदिन २ हजार ६०७ जनामा कोरोना संक्रमण देखिएको हो। 

शुक्रबार देशभर ५ हजार ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सक्रिय संक्रमितको संख्या पनि निरन्तर उकालो लाग्दै १४ हजार ३४० पुगेको छ। 
 

प्रकाशित मिति: १७:२३ बजे, शुक्रबार, पुस ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्