एकैदिन ५ हजार ६७ जनामा कोरोना संक्रमण पुष्टि
देशभरका प्रयोगशालाहरुमा २०५६० जनाको (पीसीआर र एन्टिजेन) परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौं, पुस ३० : पछिल्लो २४ घण्टामा मुलुकभर ५ हजार ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभरका प्रयोगशालाहरुमा २०५६० जनाको (पीसीआर र एन्टिजेन) परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा १३ हजार ४७४ नमूनाको पीसीआर परीक्षण गर्दा ४ हजार २०४ र ७ हजार ८६ एन्टीजेन परीक्षण गर्दा ८८३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
सोही अवधिमा ३०६ जना संक्रमणमुक्त भएको र तीन जनाको मृत्यु भएको छ।
योसँगै मुलुकभर कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ८ लाख ४५ हजार ५०१ पुगेको छ भने एन्टीजेनतर्फ १ लाख १०८ पुगेको छ। त्यस्तै निको हुनेको संख्या ८ लाख १५ हजार ६५३ पुगेको छ। हालसम्म ११ हजार ६१३ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ३४० पुगेको छ।











