एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण

काठमाडौं, पुस ३० : एमाले महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण देखिएको । महासचिव पोखरेलले फेसबुकमार्फत आफू कोरोना संक्रमित भएको उल्लेख गरेका छन् ।
‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन। अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भयो,’ उनले फेसबुकमा लखेलेका छन्।
कोरोना संक्रमण पुष्टी भएपछि निर्धारित सबै कार्यक्रम स्थगित गरियो पनि उल्लेख गरेका छन्।
पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढेसँगै राजनीतिक दलका नेताहरु संक्रमित हुने क्रम बढेको छ। यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादीका नेता नरायाणकाजी श्रेष्ठलगायतमा संक्रमण देखिइसकेको छ।
प्रकाशित मिति: १३:१५ बजे, शुक्रबार, पुस ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











