Kathmandu Press

अफगान नागरिकलाई समस्याबाट बताउन राष्ट्रसंघ महासचिवको आग्रह

संयुक्त राष्ट्रसंघ, पुस ३० : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले अफगानिस्तानका थप नागरिकलाई समस्याबाट बचाउन आग्रह गरेका छन्। दशौं लाख अफगानी नागरिकलाई बचाउनका...
अफगान नागरिकलाई समस्याबाट बताउन राष्ट्रसंघ महासचिवको आग्रह

संयुक्त राष्ट्रसंघ, पुस ३० : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले अफगानिस्तानका थप नागरिकलाई समस्याबाट बचाउन आग्रह गरेका छन्। दशौं लाख अफगानी नागरिकलाई बचाउनका लागि अब विश्व समुदायले तत्कालै प्रभावकारी कदम चाल्नुपर्ने उनले बताए ।

‘अफगानिस्तानमा राजनीतिक, आर्थिक, सुरक्षा र मानवीय चुनौती थपिँदै गएकाले थप मानवीय सहयोगको निम्ति मेरो आग्रह छ, उनले भनेका छन्, ‘हाम्रा प्रयासहरुबाट मात्र हामीले अब लाखौँलाख अफगानी नागरिकलाई बचाउन सक्छौं ।’

Hardik ivf

संयुक्त राष्ट्रसंघ अफगानिस्तानका जनताका लागि उद्धार गर्न प्रतिबद्ध रहेको पनि उनले बताए । तर पनि पछिल्लो समय यहाँका नागरिकमा मानवीय सहयताको अवश्यकता बढी परेको उनले बताए ।

हाल अफगानी जनता चरम गरिबितर्फ उन्मूलन भएका र रोजगारीको सुनिश्चितताको लागि स्वास्थ्य र शिक्षा सेवा पुनस्र्थापनाका कार्यक्रम सञ्चालन होस् भन्ने आफूले चाहेको पनि उनले उल्लेख गरे।

बिद्रोही तालिबानले काबुल कब्जामा लिएर नयाँ सरकार घोषणा गरेपछि पछिल्लो समय संयुक्त राष्ट्रसंघका थुप्रै एजेन्सी अफगानिस्तानमा बिग्रिँदै गएको मानवीय स्थितिको बारेमा चिन्तित छन् ।

संयुक्त राष्ट्रसंघीय शरणार्थीका लागि उच्चायुक्तको कार्यालयले पनि अफगानिस्तानको मानवीय स्थिति हाल निकै नै निराशाजनक बन्दै गएको र खाना, औषधि, आश्रय र अन्य आधारभूत आवश्यकताको व्यवस्थापन नै चुनौतीपूर्ण बन्दै गएको बताएको थियो ।

प्रकाशित मिति: १३:०३ बजे, शुक्रबार, पुस ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्