Kathmandu Press

रुबीभ्यालीको पहिरोमा बेपत्ता भएका तीन युवक कोको हुन् ? अवस्था अझै अज्ञात 

काठमाडौं, पुस ३० : धादिङको रुबीभ्याली गाउँपालिका–१ मा सडक खन्ने क्रममा पहिरोमा पुरिएका तीन युवक अझै भेटिएका छैनन् । बिहीबार बिहान करिब साढे ८ बजे...
रुबीभ्यालीको पहिरोमा बेपत्ता भएका तीन युवक कोको हुन् ? अवस्था अझै अज्ञात 

काठमाडौं, पुस ३० : धादिङको रुबीभ्याली गाउँपालिका–१ मा सडक खन्ने क्रममा पहिरोमा पुरिएका तीन युवक अझै भेटिएका छैनन् । 

बिहीबार बिहान करिब साढे ८ बजे डोजर लगाएर सडक खन्ने क्रममा माथिबाट खसको पहिरोमा पुरिएर बेपत्ता भएका तीन युवकहरुलाई बिहीबारबाटै खोज्न थालिए पनि अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राकेश सिंहले जानकारी दिएका छन्। 

बेपत्ता हुनेहरुमा रुबीभ्याली गाउँपालिका–१ का अनिश तामाङ, काभ्रेका २७ वर्षीय आकाश लामा र काभ्रेकै  २३ वर्षीय राजु तामाङ रहेका छन् । आकाश र राजु डोजरका चालक र सहचालक हुन्। 

पहिरोमा पुरिएको सूचना पाएपछि खोजी कार्यका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको करिब ३६ जनाको टोली रुबीभ्याली पुगेको थियो। दिनभर खोजी कार्य हुँदा समेत नभेटिएपछि शुक्रबार बिहानैदेखि सुरक्षाकर्मीको संयुक्त टोलीले खोजी कार्य सुरु गरेको घटनास्थलबाट प्रहरी हवलदार श्रीराम सुवेदीले काठमाडौं प्रेसलाई जानकारी दिएका छन्। 

 

प्रकाशित मिति: १०:१० बजे, शुक्रबार, पुस ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्