Kathmandu Press

स्थानीय चुनावबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौं, पुस ३०  स्थानीय तहको चुनावको मिति लगायतका विषयमा छलफल गर्न निर्वाचन आयोगले आज सर्वदलीय बैठक बोलाएको छ।आयोगले आज बिहान ११ बजे आयोगकै...
स्थानीय चुनावबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौं, पुस ३०  स्थानीय तहको चुनावको मिति लगायतका विषयमा छलफल गर्न निर्वाचन आयोगले आज सर्वदलीय बैठक बोलाएको छ।

आयोगले आज बिहान ११ बजे आयोगकै कार्यालयमा बैठक बोलाएको छ। बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १७ दललाई बोलाइएको छ।

माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदै छ। त्यसका विषयमा पनि छलफल हुने आयोगले जनाएको छ।

यसअघि आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तहको निर्वाचनका विषयमा सुझाव दिएको थियो। आयोगले आगामी वैशाख १४ र २२ गते चुनाव गर्न सकिने प्रस्ताव गरेको थियो।

आजको बैठकमा पनि स्थानीय तहको चुनावकै मितिका विषयमा छलफल हुनेछ। त्यसपछि आयोगले सरकारलाई सुझाव दिनेछ।

स्थानीय तहका जनप्रतिनिधिको पदावधि जेठ ५ गते सकिँदै छ। त्यसको दुई महिना अघि चुनाव गर्नुपर्ने कानूनी व्यवस्था छ।

 

प्रकाशित मिति: ०७:२२ बजे, शुक्रबार, पुस ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्