Kathmandu Press

प्रधानमन्त्री मोदीद्वारा मुख्यमन्त्रीहरुसँग छलफल

नयाँ दिल्ली, पुस २९ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशका सबै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन।छलफलका क्रममा उनले सवै प्रदेशमा कोरोनाभाइरसको महामारीको अवस्थाका...
प्रधानमन्त्री मोदीद्वारा मुख्यमन्त्रीहरुसँग छलफल

नयाँ दिल्ली, पुस २९ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशका सबै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन।

छलफलका क्रममा उनले सवै प्रदेशमा कोरोनाभाइरसको महामारीको अवस्थाका बारेमा छलफल गर्नु भएको अधिकारीहरूले जनाएका छन्।

मणिपुरका मुख्यमन्त्री जोरामथांगाले सामाजिक सञ्जाल ट्वीटरबाट दिएको जानकारी अनुसार प्रधानमन्त्री र मुख्यमन्त्रीहरुका बीचमा भिडियो मार्फत छलफल भएको हो।

Hardik ivf

छलफलका क्रममा प्रधानमन्त्री मोदीले महामारी नियन्त्रणका लागि उपयुक्त कामहरु सवैले आ आफ्नो ठाउँबाट गर्नु पर्नेमा जोड दिएका थिए।

कोरोनाभाइरस र त्यसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन आइरसको महामारी तिव्र रुपमा फैलिन थालेपछि प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीचको छलफल भएको हो।

प्रधानमन्त्री मोदीले जिल्ला तहमा स्वास्थ्य संरचनाहरुको विकास, निर्माण तथा विस्तार पनि बढाउन आह्वान गरेका थिए।

स्वास्थ्य संरचनाहरु पर्याप्त नहुँदा विरामीहरुले सेवा नपाउने र महामारी थप फैलिइ थप क्षती हुने भएकाले स्वास्थ्य सेवा प्रवाह गर्ने संरचनाको निर्माण पर्याप्त रुपमा हुनुपर्ने प्रधानमन्त्री मोदीको जोड दिए।

भारतमा पछिल्लो २४ घण्टामा थप दुई लाख ४७ हजार ४१७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको तथ्याङ्क सार्वजनिक भएको छ।
 
त्यसअघि बुधबार सार्वजनिक गरिएको विवरणमा भारतमा पछिल्लो २४ घण्टामा एक लाख ९४ हजार ७२० जना नयाँ सङ्क्रमित थपिएको जनाइएको थियो।  

महामारीको प्रभाव सवैभन्दा बढी अहिले पनि महाराष्ट्र प्रदेशमा देखिएको छ भने दोस्रो धेरै सङ्क्रमित दिल्ली प्रदेशमा रहेका छन्।

भारतमा सक्रिय सङ्क्रमित र नयाँ सङ्क्रमित दुवैको सङ्ख्या तीव्र रूपमा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरिएको छ। 

प्रकाशित मिति: १९:५० बजे, बिहीबार, पुस २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्