बिहिबार राती देखि दाङमा स्मार्ट लकडाउन जारी
काठमाडौं, पुस २९ : कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको भन्दै दाङमा स्मार्ट लकडाउन गर्ने निर्णय भएको छ । बिहीवार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको...
काठमाडौं, पुस २९ : कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको भन्दै दाङमा स्मार्ट लकडाउन गर्ने निर्णय भएको छ ।
बिहीवार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (डीसीसीएमसी) को बैठकले आज राति १२ बजेदेखि अर्को सूचना नभएसम्मका लागि स्मार्ट लकडाउन गर्ने निर्णय गरेको हो ।
यो सँगै होटल, रेस्टुरेन्ट, पार्टी–प्यालेसहरू बेलुकी ७ बजे सम्म मात्र खाल्न दिने निर्णय भएको छ । साथै सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरैको जमघट गर्न प्रतिबन्ध लगाएको छ । साथै माघको अवसरमा कुनै पनि मेला, महोत्सव सञ्चालन नगर्ने निर्णय भएको छ ।
यस्तै दाङमा आउँदो माघ ७ गतेदेखि खोप कार्ड भए मात्रै सार्वजनिक ठाउँमा प्रवेश गर्न पाइने भएको छ । कोरोनाको जोखिमलाई मध्यनजर गदै सार्वजनिक ठाउँहरू– कार्यालय, होटेल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई मार्ग लगायतका क्षेत्रमा प्रवेश गर्दा खोप कार्ड लागू गर्ने निर्णय भएको हो ।











