Kathmandu Press

पर्यटकीय मानहुँकोट लिजमा रोक्न सर्वोच्चमा रिट 

काठमाडौं, पुस २९ : तनहुँको पर्यटकीय स्थल मानहुकोटलाई लिजमा दिने प्रक्रिया रोक्न माग राखेर सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।ऐतिहासिक पर्यटकीय...
पर्यटकीय मानहुँकोट लिजमा रोक्न सर्वोच्चमा रिट 

काठमाडौं, पुस २९ : तनहुँको पर्यटकीय स्थल मानहुकोटलाई लिजमा दिने प्रक्रिया रोक्न माग राखेर सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।

ऐतिहासिक पर्यटकीय स्थानलाई विशुद्ध व्यापारिक प्रयोजनको लागि बतास समूहको व्यास हिल्स प्रा.लि.लाई अत्यन्तै सस्तोमालामो समयको लागि दिन थालिएको दाबीसहित रिट दायर भएको हो । 

तनहुँ रुपाकोट निवासी अधिवक्ता रामचन्द्र पौडेलले उक्त सार्वजनिक सरोकारको रिट दिएका हुन् ।सार्वजनिक खरिद ऐन, २०६३, ऐ.नियमावली, २०६४ स्थानीय सरकार संचालन ऐन, २०७४ को परिच्छेद ३ तथा परिच्छेद १३ विपरित सार्वजनिक सम्पत्ति दिने प्रक्रिया अगाडि बढाइएको दाबी रिटमा छ । 

सुन्दर टापु मानहुकोटलाई व्यापारिक थलो नबनाउन सर्वोच्चसँग परमादेशको आदेश जारी गर्न माग गरिएको छ । व्यास हिल्स प्रा.लि.को प्रस्तावलाई गण्डकी प्रदेश नीति तथा योजना आयोगसँग आवश्यक परामर्श गरी प्रस्तावकलाई प्रस्ताव थप स्पष्ट हुने गरी प्रस्तुत गर्न लगाएर प्रक्रिया अघि बढाउने निर्णय भइसकेको अवस्थामा तत्काल रोक्न अन्तरिम आदेश हुनुपर्ने माग रिट निवेदकको छ । 

प्रकाशित मिति: १९:०७ बजे, बिहीबार, पुस २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्