देशका विभिन्न स्थानमा गरी सात जना मृत अवस्थामा फेला
काठमाडौं, पुस २९ : देशका विभिन्न स्थानहरुमा गरी सात जना मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीका अनुसार दाङमा २, सप्तरी, ताप्लेजुङ,...
काठमाडौं, पुस २९ : देशका विभिन्न स्थानहरुमा गरी सात जना मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीका अनुसार दाङमा २, सप्तरी, ताप्लेजुङ, रुपन्देही, तनहुँ र स्याङ्जा एक एक जना गरी सात जना मृत अवस्थामा फेला परेका हुन् ।
दाङको घोराही उपमहानगरपालिका १५ दिपशीका चोकस्थित मानब समाज कल्याण सेवा घरमा रहेका नाम, थर नखुलेका करिब ४५ वर्षीय पुरुष बिहीबार सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका हुन् । दाङकै बबई गाउँपालिका ५ बगरपुर बस्ने ३५ वर्षीय धनी कुमारी खड्का आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।
उता, सप्तरीको शम्भुनाथ नगरपालिका ७ दुर्गापुर बस्ने ४२ वर्षीया पार्वती खंग खत्बे आफ्नै घरबाट करिब ५ सय मिटर टाढा रहेको खेतमा बिहीबार मृत अवस्थामा फेला परेकी छन् । ताप्लेजुङको फुङलिङ नगरपालिका ४ स्थित होटलमा काम गर्ने भारत बिहार घर भएका २१ वर्षीय दिल खुस शर्मा सोही होटलको बाथरुमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
बाथरुमा लडेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ९ प्रभातपथस्थित निर्माणाधिन भवनमा लेबर काम गर्ने नाम, थर, नखुलेका करिब ५० वर्षीय पुरुष सोही भवनमा बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।
यता तनहुँको ब्यास नगरपालिका११ दरैपधेरास्थित सडक छेउमा हाल नाम, थर नखुलेका करिब ३२ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । स्याङ्जाको आधिखोला गाउँपालिका ५ लाकुरीस्थित सडक किनारमा हाल नाम, थर, नखुलेका करिब ३५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।











