स्वास्थ्य मन्त्रालयको उर्दी : कर्मचारीको करार अवधि बढाउनु तर जनशक्ति अभाव हुन नदिनु
काठमाडौं, पुस २९ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थामा कर्मचारी अभाव हुन नदिन उर्दी जारी गरेको छ। बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्रालयका प्रवक्ता...
काठमाडौं, पुस २९ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थामा कर्मचारी अभाव हुन नदिन उर्दी जारी गरेको छ। बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्रालयका प्रवक्ता समिरकुमार अधिकारीले मुलकभरका अस्पतालहरु, प्रतिष्ठान तथा प्रयोगशालाहरुमा कर्मचारीको अभाव नहुनेगरी व्यवस्थापन गर्न निर्देशन दिएका हुन् ।
स्वास्थ्य संग सम्बन्धित संस्थाहरुको पद रिक्त छ भने करारमा भएपनि कर्मचारी नियुक्त गर्न मन्त्रालयले निर्देशन दिएको छ। त्यस्तै करारमा रहेको कर्मचारीको करार अवधि थप गरेर भएपनि स्वास्थ्य संस्थामा जनशक्ति अभाव हुन नदिन मन्त्रालयको आग्रह गरेको छ।
नेपाल सरकारको सचिवस्तर बेठकबाट माघ महिनादेखि कम्तिमा ३ महिनासम्म करार अवधि थप गरेर जनशक्ति व्यवस्थापन गर्ने निर्णय भएका कारण सोही अनुसार गर्न अस्पताल र प्रयोगशालाहरुलाई निर्देशन दिइएको छ।
मुलुकभर कोरोना संक्रमणको दर तीब्र गतिमा बढेका कारण अस्पतालहरु तयारी अवस्थामा राख्नका लागि मन्त्रालयले यस्तो निर्देशन जारी गरेको हो।












