Kathmandu Press

काठमाडौंमा एकैदिन १४४९ जनामा कोरोना पुष्टि, उपत्यकाभर १९१६ संक्रमित थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार काठमाडौंमा सबैभन्दा धेरै जनामा कोरोना पुष्टि भएको छ। चौबिस घण्टाको अवधिमा काठमाडाैंमा मात्रै १ हजार  ४४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै ललितपुरमा ३१७ र भक्तपुरमा  १५० जना संक्रमित थपिएका छन्।
काठमाडौंमा एकैदिन १४४९ जनामा कोरोना पुष्टि, उपत्यकाभर १९१६ संक्रमित थपिए

काठमाडौं, पुस २९ : काठमाडौं उपत्यकामा एकैदिन १ हजार ९१६ कोरोना संक्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामा एकैदिन सो संख्यामा कोरोना संक्रमित थपिएका हुन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार काठमाडौंमा सबैभन्दा धेरै जनामा कोरोना पुष्टि भएको छ। चौबिस घण्टाको अवधिमा काठमाडाैंमा मात्रै १ हजार  ४४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै ललितपुरमा ३१७ र भक्तपुरमा  १५० जना संक्रमित थपिएका छन्।

योसँगै काठमाडौंमा मात्रै सक्रिय संक्रमितको संख्या ५ हजार ८४२ पुगेको छ । त्यस्तै ललितपुर र भक्तपुरमा क्रमशः १ हजार ५ सय ९१ र ९६३ सक्रिय संक्रमित रहेका छन्। 

बिहीबार मुलुकभर३ हजार ५५३ जना कोरोना संक्रमित थपिएका छन् । हाल देशभर १४ हजार ३४० सक्रिय संक्रमित रहेका छन्। 

प्रकाशित मिति: १६:४३ बजे, बिहीबार, पुस २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्