एकैदिन ३ हजार ५५३ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितकाे संख्या १४ हजार नाघ्याे
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४९८ जनामा पीसीआर परीक्षण गर्दा २ हजार ९२२ र ४ हजार ५८३ जनामा एन्टीजेन परीक्षणमा ६३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौं, पुस २९ : मुलुकभर चौबिस घण्टाको अवधिमा ३ हजार ५५३ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४९८ जनामा पीसीआर परीक्षण गर्दा २ हजार ९२२ र ४ हजार ५८३ जनामा एन्टीजेन परीक्षणमा ६३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा २७१ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ।
योसँगै मुलुकभर कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ८ लाख ४१ हजार २९७ पुगेको छ भने एन्टीजेनतर्फ ९९ हजार २२५ पुगेको छ।
त्यस्तै निको हुनेको संख्या ८ लाख १५ हजार ३४७ पुगेको छ। मन्त्रालयका अनुसार हालसम्म ११ हजार ६१० संक्रमितको मृत्यु भएको छ।
हाल मुलुकभर १४ हजार ३४० सक्रिय संक्रमित रहेका छन् । तीमध्य १३ हजार ५०३ जना होम आइसोलेसनमा छन् भने ८३७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेका मध्य ११० जना आइसीयूमा उपचाररत छन् भने २५ जना भेन्टिलेटरमा र १२२ जना क्वारेन्टिनमा रहेका छन् ।