Kathmandu Press

५४ अंकले बढ्यो नेप्से, साढे ६ अर्ब बढीको कारोबार 

काठमाडौं, पुस २९ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ५४.१२ अंकले...
५४ अंकले बढ्यो नेप्से, साढे ६ अर्ब बढीको कारोबार 

काठमाडौं, पुस २९ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ५४.१२ अंकले बढेर दुई हजार ८ सय ५७ दशमलब ७५ विन्दुमा पुगेको हो ।  

त्यस्तै, आज कारोबार रकममा भने गिरावट आएको छ । ६ अर्ब ६६ करोड ९७ लाख बराबरको कारोबार भएको छ । बुधबार ८ अर्ब ३ करोड ३२ लाख बराबरको कारोबार भएको थियो।    

नेप्सेका अनुसार आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा मध्यभोटेकोशी जलविद्युत कम्पनी, माउन्टेन हाइड्रो नेपाल, कर्णाली डेभलपमेन्ट बैंक र शिवश्री हाइड्रोपावर कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज सर्किट लेभलमा बढेका छन्।      

प्रकाशित मिति: १६:०५ बजे, बिहीबार, पुस २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्