Kathmandu Press

‘ओमिक्रोन’ फैलिन नदिन स्वास्थ्य मन्त्रीलाई कांग्रेस संसदीय दलको ध्यानाकर्षण

काठमाडौं, पुस २९ : नेपाली कांग्रेस संसदीय दलले कोरोना भाइरसको तेश्रो भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण वढ्दै जाँदा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको गम्भीर...
‘ओमिक्रोन’ फैलिन नदिन स्वास्थ्य मन्त्रीलाई कांग्रेस संसदीय दलको ध्यानाकर्षण

काठमाडौं, पुस २९ : नेपाली कांग्रेस संसदीय दलले कोरोना भाइरसको तेश्रो भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण वढ्दै जाँदा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको गम्भीर ध्यानाकर्षण गराएको छ । 

दलकी सचेतक पुष्पा भुसाल गौतमले स्वास्थ्यमन्त्री खतिवडालाई भेटी कोरोना संक्रमणको तेश्रो लहरको रुपमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को फैलावट नेपालमा दुईरतीन हप्ता भित्र नै उच्च संख्यामा बढ्ने आकलन भईरहेको प्ररिपेक्ष्यमा विभिन्न जनसरोकारका बिषयहरुमा गम्भीर ध्यानाकर्षण गराएकी हुन् । 

गौतमले परीक्षणको दायरा बढाई समयमै कोरोना नियन्त्रण गर्नका लागि तत्काल पहल गर्नुपर्ने, बृद्व, बृद्वारदीर्घरोगीहरु र बालबालिकाहरु बढी जोखिममा पर्ने हुँदा उच्च प्राथमिकतामा राख्नुपर्ने र सबै नागरिक सामु खोप रबुष्टरमा सर्वसाधरणको सहज र सरल पहुँच पु¥याउनुपर्ने बिषयहरु रहेका छन् । 

यस्तै नयाँ भेरियन्टका कारण बढ्न सक्ने संक्रमितको चापलाई मध्यनजर राख्दैं देशभरीका स्वास्थ्य केन्द्र, अस्पतालहरुमा पर्याप्त तयारीका लागि सरकारबाट सहयोग प्रदान गर्ने, स्वास्थ्यकर्मी, चिकित्साकर्मी, सुरक्षाकर्मी एवं कोरोना रोकथामका लागि खटिरहनुभएका ‘फ्रन्टलाइनर’ लाई प्रोत्साहन स्वरुप कोरोना सुविधा/राहत प्रदान गर्दै सर्वसाधारणलाई समेत कोरोना बीमाको व्यवस्था गर्न पनि माग गरेकी छिन् । 

नयाँ भेरियन्ट फैलन नदिन सिमामा हेल्थ डेक्स, होल्डिङ सेन्टर/आइसोलेसन सेन्टरको समयमा व्यवस्थापन गर्न केन्द्र, प्रदेश र स्थानीय तहहरुसँग समन्वय गर्ने, कोरोना भाइरसलाई फैलन नदिनका लागि आफू र अरुको जीवन रक्षाका लागि जनचेतना कार्यक्रम गरी न्यूनतम मापदण्ड पालना गर्नरगराउन निर्देशन दिनुपर्ने लगायतका बिषय पत्रमा उल्लेख छन् । 

ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री खतिवडाले ध्यानाकर्षणका बिषयहरु महत्वपूर्ण र संवेदनशील रहेको भन्दै मन्त्रालयले उठान भएका बिषयहरु सम्बोधन गर्ने प्रतिवद्वता जनाएको बुझिएको छ।

No description available.

प्रकाशित मिति: १५:२४ बजे, बिहीबार, पुस २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्