Kathmandu Press

रुबीभ्याली पहिरो : बेपत्ता भएका तीनै जनाको परिचय खुल्यो, सिडिओ लम्साल घटनास्थल जाँदै 

काठमाडौं, पुस २९ : धादिङको रुबीभ्याली गाउँपालिका–१ मा बिहीबार बिहान पहिरोमा परि बेपत्ता भएका तीनैजनाको परिचय खुलेको छ। बिहान करिब साडे ८ बजेको समयमा...
रुबीभ्याली पहिरो : बेपत्ता भएका तीनै जनाको परिचय खुल्यो, सिडिओ लम्साल घटनास्थल जाँदै 

काठमाडौं, पुस २९ : धादिङको रुबीभ्याली गाउँपालिका–१ मा बिहीबार बिहान पहिरोमा परि बेपत्ता भएका तीनैजनाको परिचय खुलेको छ। बिहान करिब साडे ८ बजेको समयमा सडक खन्ने क्रममा पहिरो खस्दा डोजरका चालक र सहचालक सहित एक स्थानीय समेत बेपत्ता भएका थिए। 

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीका अनुसार बेपत्ता हुने स्थानीय अनिश तामाङ रहेका छन् । उनी सोही स्थानको भनिएपनि यकिन ठेगाना भने खुलिनसकेको डिएसपी भण्डारीले जानकारी दिएका छन् ।

त्यस्तै बेपत्ता भएका अन्य दुई व्यक्ति अनिश आकाश तामाङ र राजु तामाङ रहेको जानकारीमा आएको डिएसपी भण्डारीले बताएका छन्। उनीहरु दुई जना डोजरका चालक र सहचालक हुन्। 

उनीहरु दुबैजना काभ्रेको भनिएपनि यकिन ठेगाना भने खुसिकेको छैन। 

पहिरोमा पुरिएकाको खोजी गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगिसकेका छन् । नेपाली सेनाको हेलिकप्टरमार्फत दुई पटक गरी १२ देखि १५ जना सशस्त्र र नेपाल प्रहरीको टोलीलाई घटनास्थल लगिएको डिएसपी भण्डारीले बताए। .प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल र प्रहरी प्रमुख एसपी राकेश सिंह पनि घटनास्थलमा जान लागेका छन्। 

सम्बन्धित समाचार

धादिङको रुबीभ्यालीमा पहिरो, डोजरसहित तीन जना बेपत्ता

 

प्रकाशित मिति: १४:४१ बजे, बिहीबार, पुस २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्