Kathmandu Press

नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा डिआइजी आचार्य 

काठमाडौं, पुस २९ : नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी नायब महानिरीक्षक (डिआइजी) मुकुन्दराज आचार्यलाई जिम्मेवारी प्रदान गरिएको छ। प्रहरी प्रधान कार्यालयमा कार्यरत् डिआइजी आचार्यलाई बुधबारदेखि...
नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा डिआइजी आचार्य 

काठमाडौं, पुस २९ : नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी नायब महानिरीक्षक (डिआइजी) मुकुन्दराज आचार्यलाई जिम्मेवारी प्रदान गरिएको छ। 

प्रहरी प्रधान कार्यालयमा कार्यरत् डिआइजी आचार्यलाई बुधबारदेखि लागू हुने गरी प्रहरी प्रवक्ताको जिम्मेवारी दिइएको हो।

प्रहरी महानिरीक्षकको सचिवालयका अनुसार अर्को निर्णय नहुञ्जेलका लागि अस्थायी रूपमा आचार्यलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ।

प्रवक्तामा यसअघि प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवर थिए। उनको महानगरीय अपराध महाशाखामा सरुवा भएसँगै प्रवक्ताको जिम्मेवारी खाली थियो।

 

प्रकाशित मिति: १३:०६ बजे, बिहीबार, पुस २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्