Kathmandu Press

एमाले जिल्ला अधिवेशन : अछाममा ओलिनिकट बोहरा विजयी 

काठमाडौं, पुस २९ : नेकपा एमाले अछाम जिल्लाको अध्यक्षम चन्द्रबहादुर बोहरा विजयी भएका छन्। भीम रावल निकट प्रकाशबहादुर शाहलाई पराजित गर्दै बोहरा जिल्ला अध्यक्ष...
एमाले जिल्ला अधिवेशन : अछाममा ओलिनिकट बोहरा विजयी 

काठमाडौं, पुस २९ : नेकपा एमाले अछाम जिल्लाको अध्यक्षम चन्द्रबहादुर बोहरा विजयी भएका छन्। भीम रावल निकट प्रकाशबहादुर शाहलाई पराजित गर्दै बोहरा जिल्ला अध्यक्ष चुनिएका हुन्। 

ओली निकट बोहोराले ४३१ मत ल्याउँदा नेता भीम रावल पक्षीय उम्मेदवार प्रकाशबहादुर शाहले ३०७ मत प्राप्त गरे।बोहरा र शाहले प्यानलै बनाएर निर्वाचनमा होमिएका थिए।

उपाध्यक्षमा शाह प्यानलका बलबहादुर कुँवर विजयी भएका छन्। सचिवमा पनि शाह पक्षकै भीमबहादुर रावल विजयी भए। दुई उपसचिवको पदमा सात जनाको उम्मेदवारी परेकोमा बोहरा पक्षका डम्बर वीसी र शाह पक्षका प्रेम महर विजयी भएका छन्। 

प्रकाशित मिति: १२:३४ बजे, बिहीबार, पुस २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्