भक्तपुरमा ट्याटु खोप्न लाइनमा बसेका ३३ वर्षीय युवकको मृत्यु
काठमाडौं, पुस २९ : भक्तपुरको लोकन्थलीमा ट्याटु खोप्न पुगेका एक युववको मृत्यु भएको छ। ट्याटु खोप्न लाइनमा बसेका युवकको मृत्यु भएको महानगरीय प्रहरी परिसर...
काठमाडौं, पुस २९ : भक्तपुरको लोकन्थलीमा ट्याटु खोप्न पुगेका एक युववको मृत्यु भएको छ। ट्याटु खोप्न लाइनमा बसेका युवकको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
मृत्यु हुनेमा मध्यपुरथिमी नगरपालिका लोकन्थली घर भई कोटेश्वर बस्दै आएका ३३ वर्षीय विराज खड्का रहेको प्रहरीले जनाएको छ।
ट्याटु खोप्ने पालो पर्खिरहेका बेला उनी एक्कासी लडेर अचेत भएका थिए । त्यसपछि उनलाई उपचारका लागि केएमसी अस्पताल सिनामंगल लगिएको थियो । उनको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १०:५७ बजे, बिहीबार, पुस २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











