Kathmandu Press

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

काठमाडौं, पुस २९ : पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको प्रभावले आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल...
पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

काठमाडौं, पुस २९ : पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको प्रभावले आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम बाहेक सबै प्रदेशमा वर्षाको सम्भावना छन्। त्यस्तै, उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ।

अहिले प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहेको छ। आज राति पनि हल्का वर्षाको सम्भावना रहेको छ।

शुक्रबार प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहनेछ। राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश १ मा सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहने छ।

यस्तै, माघ १ गते प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना समेत छ।

 

प्रकाशित मिति: ०८:०७ बजे, बिहीबार, पुस २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्