Kathmandu Press

भीम रावलको गृहजिल्लामा ओलीले मारे बाजी 

काठमाडौं, पुस २८ : नेकपा (एमाले) का अछामको अध्यक्षमा चन्द्र बोहरा निर्वाचित भएका छन्। नेकपा (एमाले) का नेता भीम रावलको गृहजिल्ला समेत रहेको अछाममा...
भीम रावलको गृहजिल्लामा ओलीले मारे बाजी 

काठमाडौं, पुस २८ : नेकपा (एमाले) का अछामको अध्यक्षमा चन्द्र बोहरा निर्वाचित भएका छन्। 

नेकपा (एमाले) का नेता भीम रावलको गृहजिल्ला समेत रहेको अछाममा प्रतिस्पर्धी प्रकाश शाहलाई १ सय २४ मतले पराजित गर्दै बोहरा निर्वाचित भएका हुन्। 

बोहरा एमालेका अध्यक्ष केपी शर्मा ओली निकटका हुन्। बोहराले ४ सय ३१ मत प्राप्त गरे भने शाहले ३ सय ७ मत प्राप्त गरे। अध्यक्षबाहेकका अन्य पदाधिकारीमा भने शाह प्यानलका उम्मेदवार निर्वाचित भएका छन्। 

बोहरा ओली र शाहले रावलपक्षमा प्यानल नै बनाएर निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए। 

प्रकाशित मिति: २०:२९ बजे, बुधबार, पुस २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्