Kathmandu Press

बंगलादेशको कूल गार्हस्थ उत्पादनमा ६.९ प्रतिशत वृद्धिको प्रक्षेपण

बंगलादेश, पुस २८ : विश्व बैंकले आर्थिक वर्ष २०२२/०२३ मा बङ्गलादेशका लागि ६.९ प्रतिशत कूल ग्राहस्थ उत्पादन वृद्धि हुने पूर्वानुमान गरेको छ।वासिङ्टनस्थित उक्त...
बंगलादेशको कूल गार्हस्थ उत्पादनमा ६.९ प्रतिशत वृद्धिको प्रक्षेपण

बंगलादेश, पुस २८ : विश्व बैंकले आर्थिक वर्ष २०२२/०२३ मा बङ्गलादेशका लागि ६.९ प्रतिशत कूल ग्राहस्थ उत्पादन वृद्धि हुने पूर्वानुमान गरेको छ।

वासिङ्टनस्थित उक्त बैंकले बुधबार सार्वजनिक गरिएको आफ्नो ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स रिपोर्ट’मा यो प्रक्षेपण गरेको हो। प्रतिवेदनमा चालु आर्थिक मा बंगलादेश ६.४ प्रतिशत र आगामी वर्ष मा ६.९ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ।

बंगलादेशले खासगरी तयारी पोशाकलाई अत्यधिक निर्यात गर्ने गर्छ।

ओमिक्रोन भेरिएन्ट देखा परेको र महामारी फैलिएमा थप गतिशीलता प्रतिबन्धको आवश्यकता र बाह्य मागलाई कमजोर पारेर आर्थिक गतिविधिमा बाधा नपुगेमा मात्र निर्यात दरमा वृद्धिको लक्ष्यमा पुग्न सकिने रिपोर्टमा उल्लेख छ।

प्रकाशित मिति: २०:०७ बजे, बुधबार, पुस २८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्