Kathmandu Press

सोमालियामा कार बम विस्फोट, कम्तिमा १० जनाको मृत्यु

मोगादिशु, पुस २८ : सोमालियाको राजधानी मोगादिशुमा बुधबार भएको आत्मघाती कार बम विस्फोटमा परी पाँच सैनिकसहित कम्तीमा दश जनाको मृत्यु भएको प्रहरीले पुष्टि...
सोमालियामा कार बम विस्फोट, कम्तिमा १० जनाको मृत्यु

मोगादिशु, पुस २८ : सोमालियाको राजधानी मोगादिशुमा बुधबार भएको आत्मघाती कार बम विस्फोटमा परी पाँच सैनिकसहित कम्तीमा दश जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। घटनामा अन्य नौ जना घाइते भएको अधिकारीहरूले बताएका छन्।

बानादिर क्षेत्रका उप–गभर्नर अली अब्दी वार्डेयरले घटनाबारे भने, 'एक आत्मघाती बम आक्रमणकारीले अन्तरराष्ट्रिय विमानस्थल नजिकै सैनिक समूहलाई लक्षित गरी गरेको हुनसक्ने आक्रमणमा पाँच सैनिकसहित १० जनाको मृत्यु भएको छ। अन्य केही घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।'

Hardik ivf

मोगादिशुको ‘२१ अक्टूबर रोड’मा कारलाई सेनाको गाडीसँग ठक्कर दिई विस्फोट गराइएको उनले बताए।

वार्डेयरले घटनास्थलमा सञ्चारकर्मीसँग भने, 'हामीलाई घटनाबारे अहिले थप जानकारी भएको छैन। आक्रमणको निशाना कसलाई बनाइएको हो भन्नेबारे अनुसन्धान सुरू गरिएकोले यसबारे थप जानकारी छिट्टै सार्वजनिक गरिनेछ।'

घटनास्थलमा खिचिएका दृश्यहरूमा कालो धुवाँ निस्किरहेको देख्न सकिन्छ । प्रत्यक्षदर्शीले केही गाडीहरू आगोले जलेका बताएका छन्। उप गभर्नरले अल–शाबाब आतंकवादीहरू यस आक्रमणको पछाडि रहेको बताएका छन।

प्रहरीले उनीहरूलाई पछ्याइरहेको छ र आक्रमणको उद्देश्य स्थापित गर्न पनि जाँच शुरु भएको छ।

यसैबीच अल–शाबाबले यस आक्रमणको लागि आफ्नो समूह जिम्मेवार भएको दाबी गरेको छ।

प्रकाशित मिति: २०:०४ बजे, बुधबार, पुस २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्