राजधानीमा २ सहित ८ जना मृत अवस्थामा फेला
काठमाडौं, पुस २८ : राजधानीमा दुई जना सहित देशका विभिन्न स्थानमा गरी ७ जना मृत अवस्थामा फेला परेका छन् ।काठमाडौं महानगरपालिका २६ मित्रनगरस्थित...
काठमाडौं, पुस २८ : राजधानीमा दुई जना सहित देशका विभिन्न स्थानमा गरी ७ जना मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं महानगरपालिका २६ मित्रनगरस्थित गेष्टहाउसमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ९ बस्ने ५० वर्षीय हर्क बहादुर गिरी बुधबार आफू बसेकै कोठाभित्र मृत अवस्थामा फेला परेका छन् ।
यसै गरी, काठमाडौं महानगरपालिका ३२ कोटेश्वरमा पार्किङ गरी राखेको पुरानो माईक्रोबसमा नाम, ठेगाना नखुलेका करिब २२ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
यस्तै संखुवासभाको खाँदबारी नगरपालिका १ डडारे बस्ने सिलिचोङ गाउँपालिका २ बाला घर भएका ४० वर्षीय महेश राई बुधबार बिहान मृत अवस्थामा फेला परेका छन् । नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका ५ बण्डाखोला बस्ने २८ वर्षीय दिनेश थारु आफ्नै घरबाट करिब १ किलोमिटर टाढा खेतको आलीमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै ताप्लेजुङको सिरीजंघा गाउँपालिका ५ पेदाङ बस्ने ६७ वर्षीय टिकाराम राई आफ्नै घर नजिकै बुधबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै तेह्रथुम, फेदाप गाउँपालिका १ भोगटेनी बस्ने ५५ वर्षीय लाइन बहादुर लिम्बु सोही ठाउँस्थित कालिदह भिरमुनि बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यता, सिरहाको मिर्चैया नगरपालिका ७ भालु खोलाको किनारमा नाम, थर नखुलेकी करिब ४० वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छन् भने नवलपरासी (पूर्व), मध्यबिन्दु नगरपालिका-२ शेरीस्थित नारायणी नदीको दोस्रो भंगलामा नाम, थर नखुलेका करिब ३५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।











