प्रदेश १ मा २७२ मा कोरोना सङ्क्रमणको पुष्टि
विराटनगर, पुस २८ : प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा २७२ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार ७३४ को पीसीआर परीक्षण गर्दा २३३ र २८१ को एन्टीजेन परीक्षण गर्दा ३९ मा कोरोना सङ्क्रमण देखिएको हो। मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १४५, सुनसरीमा ३९, झापामा ३१, भोजपुर र पाँचथरमा एक–एक र प्रदेश बाहिरका १६ जनामा सङ्क्रमण देखिएको हो।
मोरङको विराटनगरमा ११९, बूढीगङ्गामा १३, सुनवर्षी र बेलबारीमा तीन÷तीन, उर्लाबारी र सुनवर्षीमा दुई÷दुई, कटहरी, धनपालथान र रतुवामाईमा एक÷एक, सुनसरीको धरानमा १६, इटहरीमा ११, इनरुवामा पाँच, रामधुनीमा दुई, बर्जु र दुहवीमा एक÷एक र स्थानीय तह नखुलेका तीन, झापाको मेचीनगरमा २०, विर्तामोडमा पाँच, भद्रपुर र कनकाईमा दुई÷दुई, अर्जुनधारा र दमकमा एक÷एक, भोजपुरको षडानन्द र पाँचथरको फिदिममा एक÷एक र प्रदेश बाहिरका १६ जनामा सङ्क्रमण देखिएको हो।
प्रदेशमा आज १० महिलासहित २२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको छ। यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या ५९७ रहेको मन्त्रालयले जनाएको छ।