Kathmandu Press

ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै सिंहदरबार प्रवेशमा कडाई (सूचनासहित) 

काठमाडौं, पुस २८ : गृह मन्त्रालयले कोभिड-१९ ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै सिंहदरबार प्रवेशमा कडाई गरेको छ । आज एक सुचना जारी गर्दै मन्त्रालयले...
ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै सिंहदरबार प्रवेशमा कडाई (सूचनासहित) 

काठमाडौं, पुस २८ : गृह मन्त्रालयले कोभिड-१९ ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै सिंहदरबार प्रवेशमा कडाई गरेको छ । 

आज एक सुचना जारी गर्दै मन्त्रालयले हालसम्म विभिन्न मन्त्रालय, निकाय, सचिवालय, आयोग र कार्यालयबाट जारी गरेका स्थायी र अस्थायी पास तथा परिचयपत्र खारेज गर्ने निर्णय गरेको हो । 

यस्तै मन्त्रालयले अब उप्रान्त पास जारी गर्नुपरेमा आवश्यकता हेरी गृहसँग समन्वय गरेर मात्र पास जारी गर्नलाई समेत निर्देशन गरेको छ । सरसफाईसँग सम्बन्धित व्यक्तिहरुको हकमा यस पूर्व जारी भएका पासहरुबाट नै प्रवेश दिईएतापनि चमेना गृहहरुको हकमा भोली (बिहिबार) मात्र प्रवेश दिईने र शुक्रबारबाट गृहको सहमति लिएर मात्र प्रवेश पाईने छ । 

पत्रकारहरुको हकमा भने सुचना विभागबाट जारी भएको परिचयपत्रको आधारमा प्रवेश दिईने मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: १८:५६ बजे, बुधबार, पुस २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्